काठमाडौं, नेपाली शेयर बजार दिन प्रति दिन ओरालो लाग्ने क्रममा रहेको छ ।
यस अघि १८८१ अंकको उच्चतम बिन्दु छोएर २०७५ फागुन ६ गते शेयर बजार न्यूनतम बिन्दु ११०२.५१ अंकसम्म ओर्लिएको थियो। हाल उक्त बिन्दुमा ओर्लिदा कायम भएको अन्तिम कारोबार मूल्य भन्दा पनि तल्लो मूल्यमा शेयर झरेका छन्। सोमवार १३ कम्पनीको मूल्य तल ओर्लिएका हुन्। सबैभन्दा न्यून बिन्दुमा आएको दिनको अन्तिम कारोबार मूल्य र सोमबार कारोबारमा आएका ११९ कम्पनीको शेयर मूल्यलाई दाँजेर हेर्दा १३ कम्पनीको मूल्य तल आएको देखिएको हो।
यतिबेला ३२ सय अंक छोएर बजार ओर्लदो क्रममा छ। त्यसबेला कायम भएको मूल्य भन्दा पनि तल्लो मूल्यमा कम्पनीको शेयर मूल्य झर्न थालेका छन्। यस बिचमा १३ कम्पनीको शेयर मूल्य तल ओर्लिसकेका छन् भने अन्य कम्पनी ओर्लिने लाइनमा देखिएका छन्।
त्यस बेलाको मूल्य भन्दा तल ओर्लने कम्पनीको सूचीमा सबैभन्दा पहिलो स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था रहेको छ भने १३ औ स्थानमा सोल्टी होटल परेको छ। समताले त्यस बेलाको भन्दा प्रति कित्ता मूल्य ३०५ रुपैयाँ गुमाउदा सोल्टीको मूल्उय ७ रुपैयाँले खुम्चिएको छ। गुमाउने १३ कम्पनीको सूचीमा सात कम्पनी बिमा समूहका छन्। लघुवित्त, बाणिज्य बैंक, होटल, उत्पादनमूलक र जलबिद्युत समूहका कम्पनी पनि उक्त सूचीमा अटाएका छन्।
मूल्य गुमाउदै गएका कम्पनीहरुमा वाणिज्य बैंक अग्रपंक्तिमा देखिएका छन्। केही दिन बजार यही गतिमा ओरालो लागे धेरै वाणिज्य बैंकको शेयर मूल्य त्यस बेलाको भन्दा न्यून मूल्यमा झर्ने छन्।
यस्तै, २०७५ साल फागुन ५ गते ११०२.५१ को बिन्दुमा भएको समयमा एभेष्ट इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ताको रु.७६८ रहेको थियो भने अहिले रु.२४८ गुमाएर रु.५४८ मा झरेको छ ।
यसैगरी,सगरमाथा इन्स्योरेन्सको प्रतिकित्ताको मूल्य रु १ हजार २६९ बाट हाल रु.१ हजार ६०,युनाइटेड इन्स्योरेन्सको रु.७५१ बाट रु.५६५,गुराँस लाइफको रु.६४४ बाट रु.४७४,प्राइम इन्स्योरेन्सको रु.९९७ बाट रु.८३४.१,प्रुडेन्सियल इन्स्योरेन्सको रु.६७६ बाट रु.५५४,स्ट्याण्डर्ड चार्टर्ड बैंकको रु.५२८ बाट रु.४४४, एनएलजि इन्स्योरेन्सको रु.७७५ बाट रु.७२० र चिमेल हाइड्रोपावरको रु.५०५ बाट रु.४८२ मा झरेको हो ।
त्यस्तै,नेपाल एसबिआई बैंकले प्रतिकित्तामा रु.२० गुमाउदैं रु.३५१ म झरेको छ । शेयर बजार ११०२.५१ को बिन्दुमा हुदाँ शेयरमूल्य रु.३७१ रहेको थियो । युनिलिर्भर नेपालको शेयरमूल्य रु.१८ हजार ८६३ बाट रु. १८ हजार ८५९ मा झरेको हो ।
प्रतिक्रिया