१८ वस्तु आयातमा शतप्रतिशत,२ वस्तुको आयातमा ५० प्रतिशत नगद मार्जिन र गाडीमा कति ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले आयात गर्दा राख्नुपर्ने मार्जिन रकम बढाएको छ । 

राष्ट्र बैंकले सोमबार बैंकहरुलाई निर्देशन जारी गर्दै १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ भने २ वस्तुको आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामाग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामाग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयातगर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै गरी गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको छ । विद्युतीय गाडी आयात गर्दा भने यस्तो मार्जिन राख्नुनपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया