स्वाबलम्बन लघुवित्तको शेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबार स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार १०० रुपैयाँ ८४ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ३१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस १५ गते बिहीबार, एलिस रिसेप्सन, गैरिधारा, काठमाडौँमा बिसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया