अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रममा दिइने गरेको दैनिक ज्याला बढाउनु पर्ने बताएका छन् ।
सोमवार अर्थ मन्त्रालयमा आयोजित पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले श्रमिकलाई दिने सो ज्याला कम भएकोले बढाउने कार्यविधि बनाउन श्रम मन्त्रालयलाई आग्रह गरे ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा स्वरोजगार कोषबाट प्रदान गरिने ऋणको व्याजदर चलन चल्तीको भन्दा कम बनाउनुपर्ने बताए । त्यसको लागि सहजीकरण गरिदिन उनले अर्थमन्त्रालयलाई आग्रह गरे।
प्रतिक्रिया