काबेली खोलामा निमार्ण हुन लागेका दुई जलविद्युत आयोजनालाई वित्तीय लगानी जुटेको छ ।
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा निर्माणाधिन आयोजनालाई एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएका हुन् ।
स्नो रिभर्सले निर्माण गरिरहेको १३.५ मेगावाट क्षमताको काबेली खोला– ए को कुल लागत २ अर्ब ४१ करोड रहेको छ ।
त्यस्तै १२ मेगावाट क्षमताको काबेली क्यासकेड २ अर्ब १४ करोड लागतमा हिल्टन हाइड्रो इनर्जीले निर्माण गरिरहेको छ ।
त्यसमध्ये काबेली– ए मा बैंकहरुको लगानी १ अर्ब ८९ करोड र क्यासकेडमा १ अर्ब ६७ करोड रहने बताइएको छ ।
प्रतिक्रिया