एकैदिनमा बैंकहरुको निक्षेप १४ अर्बले बढ्यो, कर्जा लगानी पनि ११ अर्बले वृद्धि

४ बर्ष अगाडि

काठमाडौं, एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको छ। 

गत पुस १ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो।नेपाल राष्ट्र बैंकको तथ्यांकले यस्तो देखाएको हो ।

यस्तै, वाणिज्य बैंकहरुको निक्षेप एकैदिनमा अर्थात पुस १ गते ११ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २९ गतेसम्म ४२ खर्ब २३ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप पुस १ गते बढेर ४२ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि पुस १ गते एकैदिन ११ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २९ गतेसम्म ४५ खर्ब ९१ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी बढेर पुस १ गतेसम्म ४६ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ। 

वाणिज्य बैंकको पुस १ गतेसम्म कुल कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेर ४० खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २९ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो।

निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियोमा सुधार देखिएको छ। गत मंसिर २९ गतेसम्म ९१.२४ प्रतिशत रहेको सीडी रेसियो घटेर ९१.१४ प्रतिशतमा झरेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया