काठमाडौं,साताको पहिलो कारोबारको दिन (सोमबार) पनि शेयर बजार ओरालो लागेको छ ।
आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक १७.९३ अंकले घटेर २३५८.८१ को बिन्दुमा पुगेको हो । परिसुचक ०.७५ प्रतिशतले घटेको हो । कारोबार सुरु भएदेखि ४ घण्टाको अवधीमा केही समय भने शेयर बजारले सकरात्मक संकेत देखाएको थियो तर अन्तिम समयसम्म आइपुग्दा शेयर बजारले फेरी ओरालो यात्रालाई नै निरन्तरता दियो । सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेको छ।
सोमबार २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँ बराबरको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर कारोबार भएको छ।
यस दिन हिमालयन डिस्टिलरी र गोर्खाज फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने कृषि विकास बैंकको ४.९९ प्रतिशत, महुली सामुदायीक लघुवित्तको ४.५३ प्रतिशत, शिव श्री हाइड्रोपावरको ४.२८ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ४.०४ प्रतिशतले बढेको छ।
यता माउन्टेन इनर्जी नेपालको शेयरमूल्य सबैभन्दा धेरै ६.१७ प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ५.८६ प्रतिशत, मैलुङ खोला जलविद्युतको ५८३ प्रतिशत, तेह्रथुम पावरको ५.३१ प्रतिशत र समृद्धि फाइनान्सको ५.२० प्रतिशतले घटेको छ।
सोमबार गोर्खाज फाइनान्सको सबैभन्दा धेरै १९ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १८ करोड ६५ लाख, कृषि विकास बैंकको ९ करोड ४४ लाख र नविल बैंकको ८ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमुहको सूचक सबैभन्दा धेरै ३.५२ प्रतिशतले बढेको छ।
प्रतिक्रिया