काठमाडौं - कुवेतको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको salhia real estate company कम्पनीले विभिन्न पदका लागि १७५ जना पुरुष र १२० जना महिला गरि जम्मा २९५ जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्न सहित ४० हजार माथिदेखि ८० हजार माथिसम्म पाउनेछन् । इच्छुक कामदारले हापटुर इनटरनेशनल प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा पुस १२ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया