काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।
बैंकको मंसिर २५ गते सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकमा सिएससी एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ ।
साथै लेखा परिक्षण शुल्क एलएफआर शुल्क तथा यातायात, बास, खाना खर्च र मु.अ. कर सहित एकमुष्ट १५ लाख पारिश्रमिक प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
प्रतिक्रिया