गैरसरकारी संस्था (गैसस) महासंघको अध्यक्षमा रामप्रसाद सुवेदी चयन भएका छन् ।
महासंघको १० औं महाधिवेशनले सहमतिका आधारमा सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
शुक्रबारदेखि आइतबारसम्म चलेको महाधिवेशनले वरिष्ठ उपाध्यक्ष ध्रुव देव, महासचिव अर्जुन भट्टराई सहित ४७ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेसनमा नेकपा एमाले पक्षले मुख्य मुख्य पोष्ट लिएर गठबन्धनदलसँग भागवण्डा गरी सहमतीबाट नेतृत्व चयन गरेको जनाइएको छ ।
महाधिवेशनका लागि देशैभरबाट नौ सय २५ जना प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया