काठमाडौं- एनएमबि बैंकले पुस २२ गते वार्षिक साधारण सभा डाकेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको नाफाबाट १२.५ प्रतिशत बोनस शेयर र करसहित ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ। जसका लागि एनएमबिले बुधबार पुस ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन मंगलबार पुस ६ गतेसम्म सेयरधनी बन्नुपर्नेछ ।
यस्तै, बैंकको जारी पुँजी १६ अर्ब ३२ करोड रुपैयाँबाट बढाएर १८ अर्ब ३६ करोड रुपैयाँ पुर्याउने एजेन्डा पनि रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । साथै, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ ।
हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया