बैंकहरूले मनपरी ब्याज लिदा उद्योगी मारमा

४ बर्ष अगाडि

काठमाडौं - नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकहरूले मनपरी ब्याज लिने गरेकाले उद्योगी मारमा परेका जनाएको छ । 

परिसंघले बैंकको ब्याजदरमा पुनर्विचार नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अत्यधिक र असमान्य तरिकाबाट ब्याजदर वृद्धि गरेको आरोप लगाएको छ । 

बैंकको ज्यादतीको विषयमा आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् । उद्योगीले बैंकको लगानी कर्ता र उद्योगको लगानी कर्ता फरक-फरक हुनुपर्ने माग पनि गरेका छन् । परिसंघका अध्यक्ष घिमिरेले बैंक संचालकहरू र लगानीकर्ता एउटै हुनुले मुलुकको आर्थिक अवस्था लथालिङ्‍ग खालको हुने बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया