प्रि ओपन सेसन : १४ अंकले बढ्यो नेप्से, ३१ कम्पनी कारोबारमा

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३७.८७ अंक घटेर २३७६.७४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १४.०६ अंक बढेर २३९०.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.५१ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ३१ कम्पनीको १२ लाख १७ हजार ५०९ रुपैयाँ ८० पैसा बराबरको २ हजार ९०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया