गत साता ३ प्रतिशतले घट्यो शेयर बजारको यात्रा अब कता ?

४ बर्ष अगाडि

काठमाडौं, गत साता नेप्से परिसूचक ३ प्रतिशत घटेको छ। अघिल्लो साता २४४९.९७ विन्दुमा बन्द भएको नेप्से, गत साता ७३.२३ अंक घटेर २३७६.७४ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता नेप्से ओरालो लागेमा २२०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, नेप्से उकालो लागेमा २५०० विन्दुमा प्रतिरोधको सामना गर्नेछ।

गत साता पनि नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै करेक्सन फेजमा रहेको संकेत गर्दछ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ताहरुमाथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। साप्ताहिक रुपमा नेप्सेले गत साता बुलिश पिनबार बनाएको छ। जसले सो साता सेलर्सहरु रिजेक्ट भएको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब २२ करोडा रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्युम ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम ११.४३ प्रतिशत कम हो।

गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ। गत साता सो उपसमूहको परिसूचक ०.८० प्रतिशत घटेको छ। अघिल्लो साता १४.९३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक गत साता ०.१२ अंक घटेर १४.८१ विन्दुमा झरेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १६ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा १३.५० विन्दुमा टेवा पाउने देखिन्छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया