काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस, दिउँसो कति ?

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको भनाइ छ । बिहान तापक्रम घटे पनि दिउँसो भने पारिलो घाम लाग्ने महाशाखाले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया