खप्तड लघुबित्तले आईपिओ निष्काशन गर्ने, बोलायो साधारण सभा

४ बर्ष अगाडि

काठमाडौं - खप्तड लघुबित्त बित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशनको प्रस्ताव सहित साधारण सभा बोलाएको छ । मंसिर २६ गते बसेको सञ्चालक समिती बैठकले कम्पनीको दास्रो साधारणसभा होटल नमस्ते अत्तरिया कैलालीमा पुस २४ गते बिहमन ११ बजेबाट गर्ने निर्णय गरेको छ ।

सभाले प्राथमिक सेयर (आईपिओ) निष्कासन गर्ने प्रस्तावका साथै अध्यक्षद्धारा प्रस्तुत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. ०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण तथा सम्बन्धित अनुसुचिहरु र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७८र७९ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले आ व २०७६/७७ र २०७७/७८ मा भए गरेका कारोबार तथा सम्पूर्ण काम कारबाहीहरुको अनुमोदन गर्ने सम्बन्धमा छलफल हुने छ । वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यकतानुसार थपघट, परिमार्जन, संशोधन र सच्याउन बित्तीय संस्थाको सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने  बिशेष प्रस्ताव पारित गर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया