काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साना किसान लघुवित्त वित्तिय संस्थाको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ७६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ४ सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ५ औँ वार्षिक साधारण सभा पुस १८ गते, आइतबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान ११ बजेबाट सूरु हुनेछ ।
सभाले संस्थाको मंसिर ८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
प्रतिक्रिया