काठमाडौं, नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीको साधारण सभाले १३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सेयर बिक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, साधारण सभाले प्रबन्धपत्र संशोधन गर्ने गरी अधिकृत पूँजी ७० करोड रुपैयाँ र जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गरेको छ ।
एभरेष्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कुल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुनेछ । निम्बस ग्रप, शिखर इन्स्योरेन्स, एनएमबि बैंक, श्रीनगर एग्रो फार्म, टीएएनए इन्भेष्टमेन्ट कम्पनी, टिम भेञ्चर्सलगायतको लगानी रहेको उक्त कम्पनीमा थप केही व्यासायिक र वित्तीय संस्थाले १५ करोड रुपैयाँ लगानी गरिसकेका छन् ।
प्रतिक्रिया