काठमाडौं- राष्ट्रिय सहकारी बैंक लिमिटेडको ब्याजदर परिवर्तन भएको छ । बैंकले आज अर्थात पुस ४ गते देखि लागु हुने गरी बचत तथा कर्जाका विभिन्न शीर्षकमा नयाँ ब्याजदर कायम गरिएको छ ।
बैंकले एन.सि.बि.एल समुन्नत बचत खातामा न्यूनतम ५.५० प्रतिशत देखि ११.५० प्रतिशत ब्यायदर तोकेको छ । बैंकले रु.२५ लाखसम्मको मौज्दातमा ५.५० प्रतिशत,रु.२५ लाख माथि रु.५० लाख सम्मको मौज्दातमा ६ प्रतिशत,रु ५० लाख देखि माथि रु.१ करोडसम्म ६.५० प्रतिशत, १ करोड भन्दा माथिको मौज्दातमा ७ प्रतिशत र ३ देखि ६ महिनासम्म ११.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
यस्तै, एन.सि.बि.एल समृद्धि मुद्दति खातामा ६ महिनाभन्दा माथि १ वर्षसम्मका लागि १२ प्रतिशत र १ वर्षभन्दा माथि ५ वर्षसम्म १२.५० प्रतिशत ब्याज दिनेछ ।
यसैगरी, दिगो सहकारी कर्जा र सबल सहकारी कर्जामा ३ महिना देखि ५ वर्षका लागि १२.२५ प्रतिशत ब्याज तोकेको छ ।
प्रतिक्रिया