९८७२ जनाको परीक्षणमा १८१ जनामा संक्रमण पुष्टि, २८९ निको र मृतकको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं-पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ४८३१ पीसीआर परीक्षणमा ५०४१ एन्टिजेन परीक्षणमा गरी कुल ९८७२ जनाको परीक्षणमा १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८९ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ८ हजार ८९२ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यो संगै मुलुक भर कोरोनाका कारण ११ हजार ५७३ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया