काठमाडौं,छिमेक लघुवित्तले आफ्नो २० औं वार्षिक साधारण सभा पुस २३ गते बोलाएको छ। सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभा प्रयोजनका लागि छिमेकले पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ । पुस ८ गतेसम्म कायम शेयरधनीले लाभांश हात पार्नेछन् ।
प्रतिक्रिया