काठमाडौं, फ्रान्सेली कम्पनी सेल्प एसएसएलले १४ लाख स्मार्टकार्ड उपलब्ध गराएको झण्डै एक महिना वितिसक्दा पनि यातायात व्यवस्था विभागले स्मार्टलाइसेन्स छपाईमा आनाकानी गरेको छ ।
लाखौं सेवाग्राही स्मार्ट लाइसेन्सका लागि ट्रायल पास पर्खिरहेका छन् । तर, विभागले भने स्मार्टकार्ड आएको लामो समयसम्म पनि छाप्न कुनै प्रक्रिया अघि बढाएकोे छैन ।
अहिले झण्डै पाँच लाख सेवाग्राही रसिदको भरमा सवारी साधन चलाइरहेका छन् । त्यस्तै नयाँ ट्रायल पास गर्ने सेवाग्राहीलाइ एक बर्षका लागि परीक्षणकालीन लाइसेन्सको व्यवस्था गरिएको छ ।
विभागसँग स्मार्टकार्ड नहुँदा विगत डेढ बर्षदेखि स्मार्ट लाइसेन्स छपाइ रोकिएका थियो ।
२०७३ सालबाट सुरु भएको स्मार्टलाइसेन्स वितरण हालसम्म २५ लाख जनाले चिप्स सहितको स्मार्टकार्ड पाइसकेका छन ।
डेढ बर्ष अघि यातायात विभागले फ्रान्सेली कम्पनीलाई १४ लाख स्मार्टकार्ड ल्याउन ठेक्का दिएको थियो । तर, उक्त कम्पनीले डेढ बर्ष ढिलागरी स्मार्टकार्ड ल्याएको थियो ।
विभागले अहिले रसिदको विकल्पमा परीक्षणकालीन लाइसेन्स उपलब्ध गराउन थालेको छ । स्मार्टलाइसेन्सको आपूर्ति सहज नहुँदा विभागले परीक्षणकालीन लाइसेन्स प्रक्रिया अघि बढाएको थियो ।
हाल नेपाल आएको १४ लाख स्मार्टकार्डले नपुग्ने देखिएपछि थप स्मार्टकार्ड ल्याउने प्रक्रिया विभागले अघि बढाइसकेको छ ।
प्रतिक्रिया