जीवन बीमा कम्पनीहरुले तीन महिनामा बैंक तथा विभिन्न क्षेत्रमा गरे तीन खर्ब ८८ अर्ब  लगानी

४ बर्ष अगाडि

काठमाडौं - जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा तीन खर्ब ८८ अर्ब रुपैयाँ बैंक तथा विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

बीमा समितिका अनुसार बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार तथा संस्थापक शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गरेका छन्।

उक्त रकम मध्ये बाणिज्य बैंक, विकास बैंक, फाइनान्स, पुर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा मात्रै ८० प्रतिशत भन्दा धेरै रहेको छ । बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा मात्रै २ खर्ब ७४ अर्ब रुपैयाँ लगानी गरेका छन् । मुद्दती निक्षेप पछि सबैभन्दा धेरै लगानी सरकारकी तथा बैंकहरुको ऋणपत्रमा रहेको देखिन्छ । बीमा कम्पनीहरुले नेपाल सरकारको ऋणपत्रमा २ अर्ब ४ करोड रुपैया लगानी गरेका छन् ।

त्यस्तै, दोस्रो बजरमा सूचिकृत कम्पनीको ऋणपत्रमा २१ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेका छन् । पहिलो त्रैमाससम्ममा नेशनल लाइफले ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । साथै कम्पनीहरुले दोस्रो बजारमा सूचिकृत कम्पनीको साधारण शेयरमा मात्रै १५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन् ।

यस्तै म्युचुअल फण्डमा पनि ९८ करोड ४ लाख रुपैयाँ लगानी गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया