रिलायन्स फाइनान्सको १५.७९ प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?

४ बर्ष अगाडि

काठमाडौं, रिलायन्स फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

फाइनान्सले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट चुक्ता पूँजी ९१ करोड ५६ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशतले हुन आउने ७२ लाख २८ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

बोनस वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी १ अर्ब ५ करोड २९ लाख रुपैयाँ पुग्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया