गत साता शेयर बजारमा ७३ अंकको गिरावट, लगानीकर्ताको सम्पत्ति १ खर्ब २ अर्बले घट्यो

४ बर्ष अगाडि

काठमाडौं, गत साता शेयर बजार परिसूचक नेप्से ७३ अंकले घटेको छ। यस्तै, गतसाता बजार पुँजीकरण समेत एक खर्ब रुपैयाँबराबरले घटेको छ। 

बुधबार नेप्से यो साताकै उच्च बिन्दु २४९३.०७ मा तथा सोमबार तल्लो बिन्दु २२५९.५१ अंकसम्म झरेको थियो। परिसूचक आइतबार ८८.७० र सोमबार ७९.२३ अंकले घटेको थियो। 

त्यसलगत्तै मंगलबार शेयर बजार कारोबार सुरु भएको केही घण्टामै सकारात्मक सर्किट लागेर बन्द भएको थियो। मंगलबार सेयर बजार १३७.१८ अंकले बढेर २४१.८५ विन्दुमा उक्लियो। 

यस्तै, बुधबार ४.२३ अंकले घटेर २११४.६२ विन्दुमा झरेयो । साताको अन्तिम दिन बिहीबार ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा बन्द भएको छ। 

यो हप्ता सेयर बजार समग्रमा ७३.२३ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यो साता नेप्से परिसूचक समग्रमा २.९८ प्रतिशतले घटेको छ। 

यस्तै निर्जीवन बीमा समूह ६२८ अंकले ओरालो लागेको छ। वाणिज्य बैंक समूहतर्फको शेयर मूल्य २४.९७ अंक, होटल समूह ६८.४ अंक, अन्य समूह ६०.९४ अंक, जलविद्युत समूह १०६.९४ अंक, विकास बैंक समूह २५४.१८ अंक, उत्पादनमूलक समूह १३१.२४ अंक, वित्त समूह ५१.६ अंक, उत्पादनमूलक समूह १४३.४७ अंक, लघुवित्त समूह १७६.२९ अंक, जीवन बीमा समूह ५७८.४४ अंक, म्युचुल फन्ड समूह ०.१२ अंक र लगानी समूह २.२७ अंकले घटेका छन्।

नेप्सेका अनुसार यसबीचमा लगानीकर्ताको सम्पत्ति १ खर्ब २ अर्ब रूपैयाँले घटेको हो। गत बिहीबार ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख रहेको बजार पुँजीकरण यो बिहीबार ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाख कायम भएको हो।

साताभर १६ अर्ब ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ। नेप्सेका अनुसार साताभर २ लाख ५२ हजार कारोबारमार्फत ३ करोड ६४ लाख ८४ कित्ता शेयर किनबेच भएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया