सबैको लघुवित्तद्धारा ३२.६८ प्रतिशत लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं - सबैको लघुवित्तले ३२.६८ प्रतिशत लाभांश पारित गरेको छ । पुस ३ गते सम्पन्न वार्षिक साधारण सभाले सेयरधनीलाई वितरण गर्ने ३२.६८ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

यससँगै, लघुवित्तको सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।

साधरणसभाले लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षक नियुक्त गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया