याक एण्ड यती होटलले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

४ बर्ष अगाडि

काठमाडौं - याक एण्ड यती होटल लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो ४५औं वार्षिक साधारण सभा पुस २३ गतेका लागि बोलाएको हो । सभा कम्पनीकै रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा हुने छ । 

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने चालु आर्थिक वर्षको लागिको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसै सभाले २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हुँदा सो विशेष प्रस्तावलाई समेत पारित गनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया