काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठकले पुस २५ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बज बस्ने गरी सभा बोलाएको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गर्नेछ । यस वर्ष बैंकले यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो ।
सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि कार्य सूचिमा राखेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएले पुस १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया