सिभिल अस्पतालमा प्रचण्डको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं- वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासको समस्याबाट ग्रस्त रहेका ८८ वर्षीय मल्लको शुक्रबार उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा थप समस्या भएपछि शुक्रबार दिउँसो १२ बजे अस्पताल पुर्‍याइएकोमा २ बजे उनको निधन भएको हो । 

मल्ल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति हुन् । मल्लले थुप्रै नाटकको निर्देशन गरेका छन् । त्यस्तै उनले थुप्रै नाटकको लेखन र अभिनय समेत गरेका छन् । उनले निर्देशन गरेका ‘पृथ्वीनारायण शाह’, ‘पत्थरको कथा’, ‘फर्केर हेर्दा’ लगायतका नाटक चर्चित छन् । बालकृष्ण समको ‘नेपाल कला मण्डल’बाट मल्लले नाट्ययात्रा शुरु गरेका थिए ।

स्वर्गीय मल्लकी एक छोरी छिन् । मल्लले बालकृष्ण समसँग रहेर नाट्ययात्रा अघि बढाएका हुन् । मल्लले समकै निर्देशनमा अमरसिंह, भीमसेनको अन्त्य, प्रह्लाद, राजेन्द्रलक्ष्मी जस्ता नाटकमा अभिनय गरे ।

३ बर्ष अगाडि

प्रतिक्रिया