लाभांश पारित गर्न एनसीसी बैंकले पुष २९ गते बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुष २९ गते बैंकको केन्द्रिय कार्यालय नजिकै रहेको होटल हार्दिक बागबजार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट गरी बोलाएको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बैंकको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ४२ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया