सार्वजनिक बिदाको दिनमा पनि नेप्सेको पुरानो वेबसाइटमा बजार खुला

४ बर्ष अगाडि

काठमाडौं,आज मंसिर ४ गते सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

उधौली पर्व तथा योमरी पुन्हीको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिएको थियो ।  

उपत्यकामा सार्वजनिक बिदा दिएसँगै शेयर बजार पनि आज बन्द नै रहेको छ। तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइटले भने बजार खुलै रहेको संकेत गरिरहेको छ। यद्यपि सूचकहरु भने फेरबदल भएका छैनन् किनकि आज सार्वजनिक बिदा भएकोले कारोबार भएको छैन। 

त्यसो त नेप्सेको नयाँ वेबसाइटले भने आज बजार बन्द नै रहेको संकेत गरेको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया