काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बार्षिक साधारणसभा बोलाएको छ । संस्थाले पुस २५ गते २३ औं साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो बजे शुरु हुनेछ ।
संस्थाको हिजो मंसिर ९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत नगद गरी कुल ३१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्मका कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया