एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई तालिम

४ बर्ष अगाडि

काठमाडौं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘रिडर्स टु राइडर्स अ ट्रान्सफर्मेसन जर्नी’ प्रदेशस्तरीय व्यवस्थापन, शाखा व्यवस्थापन तथा जोखिम व्यवस्थापन विषयमा शाखा प्रबन्धकलगायत विभिन्न प्रदेश तथा उप्रदेशका विभिन्न कर्मचारीलाई तालिम तथा कार्यशाखा गोष्ठी सञ्चालन गरेको छ। 

संस्थाले मंसिर २८ गते सदूरपश्चिम प्रदेशमा, मंसिर २९ गते गण्डकी प्रदेशमा र बागमती प्रदेश र पुस २ गते लुम्बिनी प्रदेशको विभिन्न स्थानमा तालिम तथा गोष्ठी सम्पन्न गरेको हो। ती कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष कपिल ढकाल, सञ्चालक समितिका सदस्य तथा जोखिम व्यवस्थापन समिति संयोजक प्रकाश बराल, प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख जोखिम अधिकृत विशाल उप्रेतीको प्रशिक्षण साथै सम्बन्धित प्रदेश प्रमुखहरु, प्रदेश उपप्रमुखहरु, कर्जा असुली प्रमुखहरु र शाखा प्रबन्धकहरुको उपस्थिति थियो। 

एकदिने ती कार्यक्रमहरुमा जोखिम व्यवस्थापन, जोखिम कम गर्ने विभिन्न रणनीति, ग्राहक छनोटमा ध्यान दिनुपर्ने कुरा, अनुशासन, नेतृत्वकर्तामा हुनुपर्ने गुण, लेखापरीक्षणको महत्व तथा प्रभावकारिता, ग्राहक सदस्यता फारम (केवाईसी) को महत्व, गुणस्तरीय कर्जा लगानी, उद्यमशीलता विकासका साथै आगामी दिनमा संस्थाको सेवाहरु उत्कृष्ट बनाउनका लागि आवश्यक नीति, नियम तथा निर्णयका बारेमा प्रशिक्षण साथै छलफल गरिएको थियो।
 

४ बर्ष अगाडि

प्रतिक्रिया