भीम रावलद्धारा पार्टीको सल्लाहकार पद अस्वीकार

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता डा। भीमबहादुर रावलले पार्टीको सल्लाहकार पद अस्वीकार गरेका छन् ।

महासचिव शंकर पोखरेलले रावललाई अमृत बोहराको अध्यक्षतामा रहेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य अर्थात पार्टीको सल्लाहकारको जिम्मेवारी दिइएको बताएका बेला रावलले त्यसको खण्डन गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै टिके प्रणालीबाट आफू सल्लाहकार नबन्ने स्पष्ट पारेका छन् ।

'मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ ।' रावलले भनेका छन्, 'यस्तो टिके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।' अध्यक्ष ओलीसँग १०औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका रावलले केन्द्रीय सदस्य पद पनि अस्वीकार गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया