काठमाडौं - बोटलर्स नेपाल (तराई) लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको मंसिर १४ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ३५ औँ वार्षिक साधारण सभा पुस २८ गते, होटल (याडिसन, लाजिम्पाट काठमांडौमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूको हात खाली हुने भएको छ ।
सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक आर्थिक विवरणहरु, नाफा-नोक्सान हिसाब (नाफा बा नोक्सान तथा अन्य विस्तृत आय विवरण), कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र एकजना स्वतन्त्र संचालक नियुक्त गर्ने प्रस्तावहरू पारित हुनेछ ।
त्यसैगरी, साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया