काठमाडौं - वन ओ वन कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो १०औं वर्षिक साधारण सभा पुस २३ गने दिनको १ बजे बन्जला मस्कोभा रेस्टुरेन्ट् एण्ड बार नक्शाल पुलिस हेडक्वाटर अगाडि हुने जनाएको छ ।
सभाले कम्पनीको मुनाफाबाट शेयरधनिहरुलाई दिने नगद लाभांश १५.७५ प्रतिसत र जसअन्तर्गग कर प्रयोजनाका लागि ०.७५ प्रतिशत गरि कुल १५ प्रतिशत लाभांश पारित गर्ने छ । साथै आव २०७७/७८ को नाफा नोक्सान हिसाब तथा तगद प्रवाहको विवरण र लेखा परिक्षणको प्रतिवेदन माथि छलफल गरि प्रस्ताव पारित गरिने छ ।
यस्तै आव २०७७/७८ को लागि लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र रिक्त रहेको संचालक समितिको निर्वाचन सम्बन्धमा छलफल गरि पारि गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया