काठमाडौं - शुभम पावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले पुष २३ गते शुक्रबार कमलादी काठमाडौंमा आफ्नो ७औं वार्षिक साधारण सभा बोलाएको हो । सभा विहान ११ बजेबाट सुरु हुने छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी गरित गर्ने छ । साथै २०७७/७८ को लेखा परीक्षण प्रतिवेदन, नाफा, नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने छ ।
यस्तै शेयर सार्वजनिक निष्काशन र आव २०७७/७८ को लेखा परिक्षण गर्न लेखा परिक्षकको नियुक्ति एवम निजको पारिश्रमिक निर्धाण गरि पारित गरिने छ ।
प्रतिक्रिया