प्रतिकित्ता १ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसा कायम हुने गरी मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य नेप्सेमा समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन भएको हो । 

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ५ सय ६० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । संस्थाको चौँथो वार्षिक साधारण सभा पौष १९ गते, सोमबार, होटल पौवा, सिद्धार्थनगर ६, रूपन्देहीमा दिउँसो २ बजेबाट सुरू हुनेछ ।

सभामा संस्थाको कार्तिक १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया