नेप्सेमा सनराईज बैंक र प्रभु बैंकका सेयर मूल्य समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २ वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । सनराईज बैंक र प्रभु बैंकका सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेका थिए । त्यसैले पौष १ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सनराईज बैंक
सनराईज बैंकको ६.६५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ५४ रूपैयाँ १० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य २ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको चौधौँ वार्षिक साधारण सभा पुष १५ गते, बिहिबार आम्रपालि ब्यान्क्वेट बालुवाटारमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष बैंकले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने छ ।

त्यस्तै सभाले सनराईज बैंक लि। र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

प्रभु बैंक
प्रभु बैंकको १२ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ९४ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । 

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ३ सय ३० रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको बीसौँ वार्षिक साधारण सभा पौष १८ गते, बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया