काठमाडौं - आज धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० बन्द हुने भएको छ । सरकारले आव सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को पौष १ गते, बिहीबार बसेको बैठकले आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै बजार पनि बन्द हुने भएको हो ।
प्रतिक्रिया