काठमाडौं - जीवन बीमा कम्पनीहरुको पेशागत हकहित लागि गठन भएको जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बसेरा बुटिक होटल, काठमाडौंंमा सम्पन्न दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
सभामा २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको बींमक संघले बताएको छ । संघमा आवद्ध जीवन बीमा कम्पनीहरुको वार्षिक सदस्यता शुल्कलाई २५ हजारबाट बृद्धि गरि १ लाख पुर्याउने प्रस्ताव समेत सभाबाट पारित भएको छ ।
प्रतिक्रिया