नेपाल बैंकद्धारा १७ प्रतिशत लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं - नेपाल बैंक लिमिटेडले ६२ औं वार्षिक साधारण सम्पन्न भएको छ । शुक्रबार संचालक समितिको अध्यक्ष सुमन राज अर्यालको सभापतित्वमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा सभा सम्पन्न भएको हो ।

उक्त सभा गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित पारित गरेको छ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९ का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्नेलगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया