नेशनल लाइफले ल्यायो ‘जीवन श्री सावधिक अमृत बीमालेख’ योजना

४ बर्ष अगाडि

काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ । 

कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले उक्त बीमालेखको शुभारम्भ गरेकी हुन् । बीमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमांकको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतका रुपमा उपलब्ध हुने यस बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमांक रकम र आर्जित बोनसले आफू र आफूप्रति आश्रित व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्नेछ । 

यसरी यस बीमालेखबाट बीमितको अतिरिक्त आयस्रोत सुनिश्चित हुन्छ भने सँगसँगै बचत र सुरक्षा पनि उपलब्ध हुनेछ । आफ्नो आयस्रोतअनुसार रु. ५० हजारदेखि माथिसम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ बीमांक र बोनस प्राप्त हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया