काठमाडौं - सरकारले विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुहरुलाई सात दिनसम्मको होटल क्वारेन्टिन अनिवार्य गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ९ओमिक्रोन० को संक्रमण फैलिरहेका मुलुकबाट आउने यात्रुलाई यो नियम लागू हुनेछ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरेका जोखिमयुक्त देशबाट आउने यात्रुका लागि शुक्रबारदेखि सो व्यवस्था गरिएको हो । पछिल्लो समयमा विस्तारै विदेशी पर्यटक बढ्न थालेका थिए ।
तर यो निर्णयसँगै विदेशी पर्यटक आवागमन घट्नेछ । सरकारले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने मुलुकमा अमेरिका, बेलायत, जर्मनी, थाइल्याण्ड, दक्षिण कोरिया, नर्वे लगायतका मुलुकहरु छन्। पछिल्लो समयमा ती मुलुकबाट पर्यटक आउने क्रम बढेको थियो ।
अध्यागमन विभागले सूचना जारी गर्दै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढिरहेका देशबाट आउने यात्रुलाई क्वारेन्टिन अनिवार्य गरेको हो । जसमा अफ्रिका, युरोप तथा एसियाली मुलुक समेत सामेल छन् ।
विभागको सूचना अनुसार आफ्नै खर्चमा सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने छ ।
प्रतिक्रिया