पुनर्बीमा निर्देशिका संशोधन गर्ने तयारी

४ बर्ष अगाडि

काठमाडौं - पुनर्बीमा निर्देशिका संशोधन हुने भएको छ । बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीमा शत प्रतिशत पुनर्बीमा गराउन जारी गरेको निर्देशन बिबादास्पद भएपछि निर्देशिका संशोधन हुने भएको हो ।

निर्देशिकामा भएका त्रुटिहरुलाई संशोधन गर्ने उदेश्यले अर्थमन्त्रालय र बीमा समितिले अलग अलगै अध्ययन गर्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले पुनर्बीमा निर्देशिका पुनरावलोकन गर्ने सम्बन्धी अध्ययन भइरहेको बताएका छन् । 

यस्तै उनले राष्ट्र तथा बीमितलाई हित गर्ने पक्षमा अर्थमन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने पनि बताए । यता बीमा समितिले पनि पुनर्बीमा निर्देशिका पुनरावलोकन सम्बन्धी कार्यदल गठन गरेको छ । समितिले कार्यकारी निर्देशक राजुरमण पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेपाल बीमक संघ, जीवन बीमक संघ र पुनर्बीमा कम्पनीहरुको तर्फबाट पनि प्रतिनिधित्व हुनेछन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया