काठमाडौं- भारतीय फिल्म सूर्यवँशीले ३ सय करोडको व्यापार गरेको छ । यो फिल्म गत तिहारमा विश्वव्यापी रुपमा रिलिज भएको थियो ।
यो फिल्म रिलिज भएपछि अरु आधा दर्जन बलिउड फिल्म रिलिज भए । तथापि यो फिल्मको व्यापार भारत र विश्वव्यापी रुपमा जारी रह्यो । अन्तत यो फिल्मले भारती र सहित विश्व भरको बक्स अफिसमा कुल ३०० करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ ।
यो फिल्मले भारतीय बक्स अफिसमा ३९ दिनमा २७६.७१ करोड र अन्तराष्ट्रिय बजारमा ६३.५८ करोड रुपैयाँको व्यापार गरेको हो ।
प्रतिक्रिया