नागरिक लगानी कोषका सम्पूर्ण कारोबार दुईका लागि बन्द, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं- नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबार २ दिन बन्द हुने भएको छ। 

आइतबार (पुस ४ गते) र सोमबार (पुस ५ गते) कोषको केन्द्रीय कार्यालय  र शाखा कार्यालयहरुले प्रदान गर्दै आएका सम्पूर्ण कारोबार बन्द हुने भएको हो। 

कोषको पुरानो भवनमा रहेको डाटा सेन्टर नयाँ बानेश्वरस्थित नयाँ भवनमा स्थानान्तरण गरी जडान गर्नुपर्ने भएकोले ती दिन सम्पूर्ण कारोबार बन्द हुने कोषले जनाएको छ। सफ्टवेयरमार्फत गर्नु नपर्ने कार्यहरु भने उक्त अवधिमा पनि निरन्तर गरिने कोषले स्पष्ट पारेको छ।

सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति कोषले क्षमायाचना गरेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया