‘मिस वर्ल्ड २०२१’ स्थगित

४ बर्ष अगाडि

काठमाडौं- विश्व चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’ स्थगित भएको छ । प्रतियोगितामा सहभागी कैयौं प्रतिस्पर्धीलाई कोरोना संक्रमण देखिएपछि ‘मिस वर्ल्ड २०२१’स्थगित भएको आयोजकले जनाएको छ । 

प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो । प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउन्टमा आयोजकले एक पोस्ट गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको छ ।

समाचारअनुसार प्रतियोगितामा सहभागी १७ प्रतिस्पर्धीमा कोरोना पोजिटिभ देखिएको छ । आयोजकका अनुसार संक्रमितमध्ये सातजना आइसोलेसनमा छन् । अन्य प्रतियोगीहरूका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ । 

आयोजकले आगामी ९० दिनभित्र अहिलेकै स्थानमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगीहरू र सम्बन्धित कर्मचारीहरूलाई एकान्तवास र निगरानीमा राखिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया