सरकारले विश्ववैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर ऋण सहायता प्राप्त गर्नका लागि वर्ता टोली गठन गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले विश्व बैंकबाट ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
विश्वबैंकले कोभिड – १९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि थप सहायाता उपलब्ध गराउन लागेको हो ।
त्यस्तै मन्त्रीपरिषद्को बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिस बमोजिम पूर्णप्रसाद पौडेलसहित २९ जना व्यक्तिहरुलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने पनि निर्णय गरेको छ ।
साथै मन्त्रीपरिषद्ले नेपाल विद्युत प्राधिकरणलाई सुर्खेत बिजौरा ३३ केभि प्रसारण लाइन आयोजनाको पोल तथा राइट अफ वे संरचना निर्माण गर्नका लागि विरेन्द्रनगर नगरपालिका र बराहताल एवं पञ्चपुरी गाउँपालिकामा रहेको वन मन्त्रालयको १०।५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको उनले बताए ।
त्यस्तै विभिन्न १३ वटा स्थानिय तहलाई विभिन्न परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृत दिने पनि निर्णय गरेको छ । यसैगरी भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि पाँच जना अधिकृतहरुको अस्थायी दरबन्दी स्वीकृत गरेको सकरारका प्रवक्ता कार्कीले बताए ।
लोकसेवा आयोगबाट सिफारिस भई आएका डा। प्रज्वल श्रेष्ठसहित १० जना उम्मेदवारहरुलाई नेपाल स्वास्थ्य सेवाको ११ औँ तहको पदमा नियुक्ती गर्ने र शिक्षक सेवा आयोग ११ औँ संशोधन नियमावली २०७८ लाई स्वीकृत दिने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्रीपरिषदको बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने, राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तीको लागि डा. दामोदर रेग्मीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गर्ने तथा विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा कानून समुहको राजपत्रांकित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा न्याय समुहको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ती गर्ने निर्णय पनि सरकारले गरेको छ ।
त्यस्तै भोटेओडार आँखा उपचार केन्द्र सुन्दर बजार लमजुङलाई भवन निर्माण गर्न एक रोपनी जग्गा लिज उपलब्ध गराउन स्वीकृति दिने, भारतीय सशस्त्र सिमा बलको १८ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाललाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्रीपरिषद् बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको उपनि उनले जानकारी दिए ।
नेपाली सेना सैनिक प्राविधिक सेवाका सहायक रथी हेगेन्द्रलाल महर्जन र महासेनानी खुमबहादुर कुँवर क्षेत्रीको पदावधि थप गर्ने, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको पहिलो संशोधन गठन आदेश २०७८ स्वीकृत गर्ने, नेपाली सेनाका सहायक रथी डा। अरुणकुमार न्यौपाने तथा चार सैनीक अधिकृतको बढुवा गर्ने तथा सहायक रथी सागरबहादुर केसीलाई अवकाशपूर्व उपरथी दर्जा मानार्थ बढुवा र महासेनानी खगेश्वर अर्यालको अवकाशपूर्व विशेष बढुवा गर्ने निर्णय गरेको छ । साथसाथै नेपाली सेनाका विभिन्न समुहका रथी, सहायक रथी र महासेनानीहरुको सरुवा गर्ने निर्णय पनि भएको उनले बताए ।
प्रतिक्रिया