काठमाडौं, पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७६९१ पीसीआर परीक्षणमा १३२५ एन्टिजेन परीक्षणमा गरी कुल ९०१६ जनाको परीक्षणमा २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २७० जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ८ हजार ३५३ संक्रमण मुक्त भइसेकका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यो संगै मुलुक भर कोरोनाका कारण ११ हजार ५७० जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ ।
प्रतिक्रिया